न्युरोडमा सडक पेटी विस्तारको काम रोक्ने सहमति, अध्ययन समिति बनाइने

832
shares

काठमाडौं, ८ साउन । काठमाडौंको न्युरोड क्षेत्रमा सडक पेटी विस्तारसम्बन्धी काम तत्कालका लागि रोक्ने सहमति भएको छ । काठमाण्डौ महानगरपालिकाका प्रतिनिधि र वडाध्यक्षहरूबीच हिजो भएको बैठकमा न्युरोड क्षेत्रमा आउँदो मङ्सिर २ गतेसम्म फुटपाथ विस्तारसम्बन्धी कुनै पनि काम नगर्ने सहमति भएको हो ।

बैठकले काठमाण्डौ महानगर वडा नम्बर २२ र २३ मा फुटपाथ विस्तारबारे अध्ययन गर्न समिति गठन गर्ने र समितिले दिएको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको छ । काठमाण्डौ महानगरले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न थालेपछि स्थानीयवासीले विरोध गर्दै आएका थिए ।

स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधिले पनि साथ दिएका थिए । विरोध स्वरुप वडाअध्यक्षसहितका टोलीले सडकबाटै सेवाग्राहीलाई सेवा दिने काम गरेका थिए ।