Dhulikhel Eco Banner new

मौद्रिक नीति सार्वजनिक, के–के आयो नयाँ व्यवस्था ? (पूर्ण पाठसहित)

1.78K
shares

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । साउनको पहिलो शुक्रबार नै सार्वजनिक गर्ने तयारी रहेको मौद्रिक नीति एक साता ढिलो गरेर शुक्रबार नै केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।

सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहज पुग्ने र अर्थतन्त्र चलायमान गराउन मौद्रिक नीतिले भूमिका खेल्ने केन्द्रीय बैंकका गभर्नरु महाप्रसाद अधिकारीले बताएका छन् । मौद्रिक नीति विगतको भन्दा केही लचिलो पनि देखिएको छ ।

राष्ट्र बैंकले हरेक तीन–तीन महिनामा मौद्रिक नीतिको समीक्षा समेत गर्दै आएको छ । शुक्रबार जारी मौद्रिक नीतिले अर्थतन्त्रमा पर्ने असर हेरी पहिलो त्रैमास पश्चात समीक्षा गर्नेछ ।