केही क्षेत्रका लागि धेरै नै राम्रो आयो मौद्रिक नीति : उमेशलाल श्रेष्ठ
वि.सं.२०८१ कात्तिक १० शनिवार १६:५९
shares
काठमाडौं, ११ साउन । नेपाल उद्योग वाणिज्य महासंगका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीति केही क्षेत्रका लागि धेरै नै राम्रो आएको बताएका छन् । शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि केटिएम भ्वाइसलाई प्रतिक्रिया दिदै पूर्व उपाध्यक्ष श्रेष्ठले निर्माण व्यवसायी लगायतका केही क्षेत्रका लागि एकदमै सकारात्मक आएको बताए ।
यद्यपि, सबै क्षेत्रका लागि भने धेरै राम्रो भन्न नहुने उनको तर्क छ । ‘सबैका लागि राम्रो आएको छैन, तर केही क्षेत्रका लागि भने धेरै राम्रो आएको देखिन्छ’ श्रेष्ठले भने, ‘जस्तै निर्माण व्यवसायी, सेयर बजार, माइक्रोफाइनान्स जस्ता क्षेत्रलाई पहिलाको वर्ष भन्दा अहिले केही रूपमा सुधार गरेको छ, यसलाई सकारात्मक नै मान्नु पर्छ ।’