Dhulikhel Eco Banner new

एनआईसी एशिया क्यापिटलले शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश वितरण

2.13K
shares

काठमाडौं, १७ साउन । एनआईसी एशिया क्यापिटल लिमिटेडको बुधबार सम्पन्न संचालक समितिको १४३औं बैठकको निर्णयानुसार क्यापिटलको आठौं वार्षिक साधारण सभा भाद्र ११ गते मंगलबारका दिन एनआईसी एशिया क्यापिटल लिमिटेडको, रजिष्टर्ड कार्यालय, थापाथलीमा बिहान ९ बजे गर्न लागिएको बैंकले जानकारी दिएको छ ।

उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्नेे लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने व्यहोरा बैंकले जनाएको छ ।

बैंकका अनुसार छोटो समयमा नै ग्राहकहरु माँझ लोकप्रिय बन्दै गइरहेको यस एनआईसी एशिया क्यापिटलले सातौं वार्षिक साधारण सभा सम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ भने आठौं वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।

साथै क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पु¥याउन “अव लाईनमा होइन, क्यापिटलको सेवा अनलाइन मा” भन्ने मुल नाराका साथ अगाडी बढेको यस क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाइन मार्फत लिन मिल्ने व्यवस्था गरेको छ ।