Dhulikhel Eco Banner new

तोलामा १ हजार ६ सयले बढ्यो सुनको मूल्य

1.38K
shares

काठमाडौं, १७ साउन । स्थानीय बजारमा बिहीबार पहेलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो ।

बुधवार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १६ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 आज तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।