सहकारी पीडितहरुको रत्नपार्क क्षेत्रमा प्रदर्शन

1.09K
shares

काठमाडौं, १७ साउन । सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले  समस्या समाधान गर्न सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै पीडितहरुले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् । उनीहरुले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले गरेको छ । बचत फिर्ताका लागि विभिन्न चरणमा गरिएको आन्दोलन अनुसार सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि गत जेठ ११ गतेदेखि उनीहरुले रिले अनशन गरेका थिए । रिले अनशन ६५ दिन पूरा गर्दा पनि सरकार संवेदनहीन भएको पीडितहरुको गुनासो छ ।