मानुुषी लघुवित्तको विशेष साधारण सभा सम्पन्न
वि.सं.२०८१ भदौ ७ शुक्रवार ०१:४४
shares
काठमाडौं, ७ भदौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबार विशेष साधारण सभा सम्पन्न गरेको छ । सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो । सभामा प्रस्तुत गरिएको श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भयो । संस्थाले श्रृजनशील लघुवित्तसँग मर्ज गर्ने भनेर अघिल्लो आ.व. मा नै सम्पूर्ण प्रक्रिया पुरा गरेको थियो ।
विशेष कारणवस उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभामा गराइएको थियो । संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि यसो गरिएको संस्थाकी कार्यकारी प्रमुखले बताइन । यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरि मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
गत साता मात्रै संस्थाले नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थियो । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् । संस्थाको शेयर पूँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।