शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम निरन्तर खुम्चिदै

312
shares

काठमाडौं, २ असोज । बुधबार शेयर बजारमा सामान्य अंकले बढेको छ । शेयर बजार ४ अंकले घटेर २, ५७६ को विन्दुमा कायम भएको छ ।

यसदिन ७४ कम्पनीको शेयर मूल्य बढेको छ र १६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन कारोबार रकम पनि खुम्चिएर ५ अर्ब ६६ करोडको कारोबार भएको हो ।

यसदिन कालिका लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको ८.०८ प्रतिशतको दरले बढेको छ भने स्वरोजगार लघुवित्तको ७.९२ प्रतिशतका दरले बढेको छ ।

यस्तै, गुडविल फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन । उक्त कम्पनीको ६.७७ प्रतिशतका दरले घटेको छ ।