आज यी ५ कम्पनीले कमाए सर्वाधिक

299
shares

काठमाडौं, २ असोज । बुधबार शेयर बजारमा सामान्यले गिरावट भएको छ । शेयर बजार ४ अकंले घटेर २५७६ कायम भएको छ । यसदिन ७४ कम्पनीको शेयर मूल्य बढेको छ र १६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ ।

यसदिन कारोबार रकम पनि खुम्चिएर ५ अर्ब ६६ करोडको कारोबार भएको हो । यसदिन सबैभन्दा धेरै कालिका लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.०८ दरले कमाएका छन् ।

यसदिन स्वरोजगार लघुवित्तका लगानीकर्ताले ८.०२ प्रतिशतका दरले कमाएका छन् भने रावा इनर्जीका लगानीकर्ताले ७. ३२ प्रतिशतका दरले कमाएका छन् । यसदिन भुगोल ईर्नजी कम्पनीले ७.०७ प्रतिशतका दरले कमाएका छन् । यस्तै सुपर माई हाइडोपावरले ६.०२ प्रतिशतका सर्वाधिक कमाएका छन् ।