शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

390
shares

काठमाडौं, २ असोज । शेयर बजारमा बुधबार ४ अंकले घटेर २,५७६ को विन्दुमा कायम भएको छ भने यसदिन कारोबार रकम पनि खुम्चिएर ५ अर्ब ६६ करोडको कारोबार भएको हो ।

शेयर बजारमा सर्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ। उक्त कम्पनीको २० करोड ५८ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन नेपाल फाइनान्सको १६ करोड ९८ लाख रुपैयाँ कारोबार भएको छ भने एनएलजी इन्स्योरेन्स १५ करोड ९५ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी साहस ऊर्जाको १३ करोड १ लाख रुपैयाँ कारोबार भएको छ भने गुडविल फाइनान्सको १२ करोड ८२ लाख रुपैयाँ कारोबार भएको छ ।