सामान्य अंकले घटेको बजारमा यी ५ कम्पनी जसले सर्वाधिक गुमाए
वि.सं.२०८१ असोज २ बुधवार १५:५३
shares
काठमाडौं, २ असोज । बुधबार शेयर बजारमा सामान्य अंकले बढेको छ । शेयर बजार ४ अंकले घटेर २, ५७६ को विन्दुमा कायम भएको छ ।
यसदिन ७४ कम्पनीको शेयर मूल्य बढेको छ र १६३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन कारोबार रकम पनि खुम्चिएर ५ अर्ब ६६ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएको छ । उक्त कम्पनीको ७.६७ प्रतिशतका दरले घटेको छ भने गुडविल फाइनान्सको लगानीकर्ताल ६.७७ प्रतिशतका दरले घटेको छ ।
यसदिन आत्मअनिर्भर लघुवित्तको लगानीकर्ताले ६.३६ प्रतिशतका दरले गुमाए भने समृद्धि फाइनान्सका लगानीकर्ताले ५.९७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैेगरी समाज लघुवित्तका लगानीकर्ताले ५.८६ प्रतिशतका दरले गुमाएका छन् ।