घरजग्गा लिलामी गर्दै नेपाल बैंक
वि.सं.२०८१ असोज ४ शुक्रवार १०:२०
shares
काठमाडौं, ४ असोज । नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरूको घरजग्गा लिलाम गर्ने भएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण चुक्ता नभए धितो सुरक्षणमा रहेको सम्पत्ति लिलाम गर्ने जानकारी दिएको हो ।
बैंकका ऋणीहरूले नियमित रूपमा कर्जा र त्यसको ब्याज नतिरेको कारण कर्जा असुलीका लागि यो प्रक्रिया सुरु गरिएको हो। कम्पनीले ऋणीहरूलाई कर्जा चुक्ता गर्न असोज २९ गतेसम्मको अवधि दिएको छ । सो अवधि नाघेमा बैंक लिलाम प्रक्रियामा जाने बताएको छ ।
यदि ३५ दिन भित्र कर्जा चुक्ता नगरेमा ऋणीको नाम कालोसूचीमा समावेश गरिनेछ। कम्पनीले ऋणीहरूलाई कर्जा चुक्ता गर्न असोज २९ गतेसम्मको अवधि दिएको छ । सो अवधि नाघेमा बैंक लिलाम प्रक्रियामा जाने बताएको छ ।
साथै, कर्जा सुरक्षणको लागि भएको घरजग्गाबाट रकम असुल नभएमा ऋणी, सञ्चालक र जमानीकर्ताका अन्य सम्पत्तिबाट पनि कर्जा असुल गरिनेछ।