एकैदिन तोलामा १ हजार ५ सयले बढ्यो सुनको मूल्य
वि.सं.२०८१ असोज ४ शुक्रवार १०:४२
338
shares
shares
काठमाडौं, ४ असोज । स्थानीय बजारमा शुक्रबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार तोलामा १ लाख ५५ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर १ लाख ५७ हजार १ सयमा कायम भएको हो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । बिहिबार तोलामा १ हजार ८८० रुपैयाँ कारोबार भएको चाँदी बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।