रोवर्ट कि मान्छे ! चिन्नै मुश्किल (फोटो फिचरसहित)
वि.सं.२०८१ असोज ८ मंगलवार ०८:२०
shares
डालियन । चीनको लियोनिङ (Liaoning) प्रान्तको डायलिन (Dalian) सहर साच्चिकै सुुन्दर छ । यहाँ परपरागत पुराना भवनहरुदेखि अत्याधुनिक विकास हेर्न पाइन्छ । पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात यस सहरमा हिमाल, पहाड र समुन्द्रसम्मको अनुभव लिन पाइन्छ । घुम्नका लागि साच्चिकै रमाइलो ठाउँ छ ।
बेइजिङबाट अध्ययन भ्रमणका लागि आएका २८ देशका पत्रकारहरुले आइतबार र सोमबार डायलिङमा बिताए । डायलिन स्क्वायर, पोर्ट, समुन्द्री तटदेखि विभिन्न रमणीय ठाउँहरुको मज्जा विदेशी पत्रकारहरुले लिए ।
विदेशी पत्रकारहरुसँगै चिनियाँ विदेश मामिलाका अधिकारीहरु समेत थिए । विदेशी पत्रकारलाई घुमाउने जिम्मा पाएका अधिकारीहरुले आइतबार केही पर्यटकीय क्षेत्र घुमाए । सोमबार भने चीनमा प्रविधिको विकास गर्ने चर्चित आइसबर्ग ग्रुपको कार्यालय, उत्पादन तथा भण्डारण क्षेत्रको यो टोलीले भ्रमण गर्यो ।
ग्रुप अफ आइसवर्गका विभिन्न उत्पादनहरुको अवलोकन पश्चात खाना खाएर यो टोलीले फ्रि ट्रेड सेन्टर घुम्यो । समुन्द्री तटहमा रहेको बन्दरगाह हेर्यो । तत् पश्चात विदेशी पत्रकारहरुको टोलीले समुन्द्रको किनार, पर्यटकीय रिसोर्टहरुहको अवलोन गर्यो ।
विदेशी पत्रकारहरुको टोलीलाई विग्ङसाङ ग्रुपका उपाध्यक्ष सु वीई (VC of Bingshan Group) र ब्राण्ड म्यानेजमेन्ट डिपार्टका डाइरेक्टर जाउ जोंसी (Zhao Zhongqi) ले ग्रुप र ग्रुपका उत्पादनबारे बेलि विस्तार लगाए ।
वाउँ ! रोवर्ट
अधिकांश विदेशी पत्रकारहरुले सोमबारको भ्रमण मध्ये रोवर्ट संग्रालयको भ्रमणलाई विशेष मानेका छन् । चीनले प्रविधिमा चमत्कार गरेको छ । जुन कुरा रोवर्ट संग्रालयको भ्रमण पछि पत्रकारहरुले पनि यसलाई स्वीकार गरेका छन् । रोवर्ट संग्रालयमा धेरै किसिमका रोवर्टहरु राखिएका थिए ।
थरिथरिका रोवर्ट । कोही टेवलमा बसेर काम गरिरहेका देखिन्थे । कोही उभिएर गफ गरिरहेका । विदेशी पत्रकारहरुलाई देखे पछि केही रोवर्टले मुस्कुराउदै अविवादन गरे । झट्ट हेर्दा ति रोवर्ट नभएर मान्छे जस्तै देखिन्छ । साच्चिकै झुक्याउने किसिमका थिए ति रोवर्टहरु ।
विदेशी पत्रकारहरुलाई डालियन सरकार, विदेश मामिला कार्यालयका डाइरेक्टर Cheng Yingjun र डालियन नेसनल टुरिजम व्यवस्थापन समितिका उपनिर्देशक WU Guaqiang ले स्वागत गरेका थिए । मंगलबार विदेशी पत्रकारहरुको यो टोली डालियन छाडेर Shenyang तिर लम्किएको छ । स्थानीय अधिकारीहरुले मंगलबार विहान टोलीलाई होटलमै आउर बिदाइ गरेको थियो ।
केही तस्वीरहरु हेर्नुुहोस्