सेञ्याङ घुमेर उत्साहित विदेशी पत्रकार

598
shares

लायोनिङ । ‘मैले भर्खरै यहाँको एउटा इतिहास बोकेको बजार अवलोकन गरेँ, म उत्साहित छु’ सेञ्याङ्गको एक टेलिभिजनमा अन्तरवार्ता दिदै मलेसियाका पत्रकार मार्फिका अडनान भन्दै थिए । मार्फिका सहित युरो एशियाका २ दर्जन पत्रकारहरु यतिबेला सेञ्याङ्ग सहरमा छन् ।

सेञ्याङ्ग सहरको एक व्यापारिक केन्द्र अवलोकन पछि विदेशी पत्रकारहरु उत्साहित छन् । डालियन सहरमा २ दिन बसेर सेञ्याङ्ग पुगेको विदेशी पत्रकारको टोलिले मंगलबार सहरका व्यापारिक केन्द्रदेखि स्थानीय नदीमा डुंगा सयरको समेत अनुभव लिएको छ ।

भ्रमण पछि मार्फिकाले आफू उत्साहित भएको मात्रै बताएनन् । उनले भविष्यमा आफ्नो परिवार सहित यस सहरमा आउने चाहना रहेको समेत सुनाएका छन् । ‘मलाई यो सहर धेरै मन पर्यो, म उत्साहित छु’ उनले स्थानीय टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा भनेका छन्, ‘भविष्यमा परिवारसहित घुम्न आउनुपर्छ कि भन्ने सोचेको छु ।’

विदेशी पत्रकारहरुको टोलीले मंगलबार नै मेडिकल सामाग्री उत्पादनमा विश्व चर्चित निओसफ्ट र सेन रिभरको अवलोकन समेत गरेको छ । भ्रमणमा नेपालबाट केटिएम भ्वाइसका सम्पादकसहित युरोप र एशिया प्यासिफिक क्षेत्रका २ दर्जन बढी पत्रकारहरु रहेका छन् । एक महिना भन्दा लामो समय बेइजिङ बसाइ पछि उनीहरु भ्रमणका लागि लियोनिङ प्रदेश पुगेका हुन् ।

भ्रमणको सुरुवाती २ दिन डालियन सरहमा बिताएका विदेशी पत्रकारहरुमा एउटा उत्साह थपिएको छ । डालियन सहर एउटा पर्यटकीय सहर हो भने सेञ्याङ्ग सहर प्रदेशको राजधानी नै हो । यो टोली २६ सेप्टेम्बरसम्म डालियन सरहमै रहनेछन् । २७ सेप्टेम्बरमा भने उनीहरु बेइजिङ फर्किने कार्यतालिका रहेको चिनियाँ इन्टरनेसनल प्रेस कम्युनिकेसनले जानकारी दिएको छ ।

साझ सेन रिभरमा पुगेका पत्रकारहरुले आधा घण्टा लामो समय डुंगा सयरमा बिताए । डुंगा सयर पछि पछि स्थानीय एक दैनिक पत्रिकामा अन्तरवार्ता दिदै पाकिस्तानी पत्रकार इब्राहिम मालिक भनेका छन्, ‘नदी आसपासमा घुम्न रमाइलो हुन्छ, अझ यहाँको रमाइलो दृश्यले मलाई साच्चिकै रमाइलो महसुस भएको छ ।’

नदि किनारामा गरिएको पैदल यात्रा र छेउँमा देखिएका ससाना पसलहरुले आफ्नो ध्यान खिचेको उनको प्रतिक्रिया छ । मार्फिका र इम्ब्राहिम प्रतिनिधि पात्र मात्रै हुन् । टोलीमा रहेका सबै विदेशी पत्रकारहरुले भ्रमणले उत्साहित बनेको बताएका छन् । यो टोलीले बुधबार राइस ड्रिम स्पेश, दरबार संग्रालय, सेञ्याङ्ग संग्रालय लगायतका स्थानहरु भ्रमण गर्ने कार्यतालिका रहेको छ ।

Follow Up

डालियन सहर : अत्याधुनिक विकास, प्राकृतिक रुपमा पनि भरिपूर्ण

डालियन सहर : अत्याधुनिक विकास, प्राकृतिक रुपमा पनि भरिपूर्ण

रोवर्ट कि मान्छे ! चिन्नै मुश्किल (फोटो फिचरसहित)

रोवर्ट कि मान्छे ! चिन्नै मुश्किल (फोटो फिचरसहित)

फोरबाइडेन सिटी : चीनको सांस्कृतिक र ऐतिहासिक धरोहर

फोरबाइडेन सिटी : चीनको सांस्कृतिक र ऐतिहासिक धरोहर

विश्वको ध्यान खिचेको ‘फोकास’ले दिएको संदेश

विश्वको ध्यान खिचेको ‘फोकास’ले दिएको संदेश

यत्तिको रमाइलो पो जिदंगी…

यत्तिको रमाइलो पो जिदंगी…

काठमाडौं टू बेइजिङ

काठमाडौं टू बेइजिङ