सेञ्याङको कृषि क्रान्ति : कलात्मक धानखेति, गिनिज बुकमा रेकर्ड

1.08K
shares

लायोनिङ । सेञ्याङ सहर औद्योगिक सहरका रुपमा परिचित छ । उद्योगमात्रै होइन यो सहरले गरेको कृषि क्रान्ति विश्वकै लागि उदाहरणीय बनेको छ । विश्वकै ठूलो राइस फिडिङ कृषि फार्ममा बुधबार नेपालसहित विभन्न देशका पत्रकारहरुले भ्रमण गरे । स्थनीय सरकारले दिएको जानकारी अनुसार यो धान फार्म विश्वकै सबैभन्दा ठूलो धान फार्मका रुपमा गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा यो फार्मको नाम लेखिएको छ । यहाँको धान फार्म ठूलो मात्रै होइन, सुन्दर समेत छ ।

धानखेतीको क्षेत्रफल धेरै ठूलो छ । यहाँ केवल धानखेती सामान्य तरिकाले भएको छैन । खेति नै कलात्मक तरिकाले बनाइएको छ । धान खेत घुम्न पनि मिनि रेल चढ्नुपर्छ । रेलले एक ठाउँबाट अर्को ठाउँसम्म घुम्न लैजान्छ ।

मंगलबार स्थानीय बजार, मेडिकल उद्योग र नदीमा डुंगा सयर गरेका विभन्न देशका पत्रकारहरुले बुधबार नयाँ अनुभव गरे । मलेसियाका पत्रकार मार्फिका अड्नान पनि धान खेती घुम्न पाएर खुसी छन् । हरियाली वातावरण र यहाँको उत्पादनले उनको ध्यान खिचेको छ । भ्रमण पछि उनले चामलबाट बनेका गुलिया परिकारहरु खरिद समेत गरेका छन् । उनी भन्छन्, ‘साह्रै रमाइलो भयो, अझ मैले यहाँ बनेका केही परिकारहरु पनि किने सस्तो पनि रहेछ ।’

मलेसियाका पत्रकार मार्फिकासहित रसिया, इन्डोनेसिया, टिमोर लित्से लगायतका देशका पत्रकारहरु

म्यानमारका पत्रकार वीई ह्यालान पनि धान खेती भ्रमणले आफूू उत्साहित बनेको बताउछन् । उनलाई यहाँको सबैभन्दा मन पर्ने कुरा चाहिँ कलात्मक तरिकाले रोपिएको धान हो । यहाँ घुम्न जानेहरुका लागि ठाउँ ठाउँमा स्टेसन बनाइएको छ । जहाँ अग्ला भ्यूटावरहरु ठडिएका छन् । अग्ला भ्यूटावरबाट हेर्दा खेतमा कलात्मक आकृतिा देखिन्छ ।

कतै बादरका चित्र देखिन्छन् । कतै मान्छे । अनि चदै चराका चित्रहरु । अचम्मको कुरा चाहिँ यो कुनै पेपरमा कोरिएको वा कुँदेर बनाइएको होइन । विभिन्न आकृतिमा मिल्ने गरी रंग समेत मिलाएर धान रोपिएको छ । त्यहीँ धान बढेर ठूलो भए पछि साच्चिकै रमाइलो आकृति बन्छ । ‘धानमा बनाइएको कलाको जति प्रशंसा गरे पनि कम हुन्छ’ पत्रकार वीई भन्छन् ।

यहाँको धान खेतीले बजार पनि राम्रो पाएको छ । सेञ्याङ सहरमा धेरै उद्योगहरु छन् । यहाँ उच्च प्रविधिबाट धान रोपिन्छ, उच्च प्रविधिबाट नै यसलाई बजारसम्म पुुर्याउने व्यवस्था मिलाइन्छ । जसका कारण लागत कम भएको छ र खेतिले राम्रो प्रतिफल दिएको छ ।

यहाँ धान प्रशिक्षकका रुपमा कार्यरत च्याङ सी ताछीका अनुसार वर्षमा ४ पटक यहाँ बाली उब्जाइन्छ । एक पटक रोपेको धान तीन महिना नपुुग्दै काट्ने बेला हुन्छ । धान उत्पादनबाट राम्रो आम्दानी भएकै छ, यसको अर्को उत्पादन भनेको कृषि पर्यटन पनि हो । यहाँको कलात्मक खेति हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको घुुइचो लाग्छ ।

बुधबार विदेशी पत्रकारहरु बाहेक अन्य धेरै समूहहरु खेति हेर्न पुगेका थिए । विभिन्न विद्यालयल तथा विश्व विद्यालयले समेत उदाहरणीय खेति भ्रमण गराउनका लागि यहाँ लैजाने गरेको छ । बुधबार सँँगसँगै जस्तो ४ वटा विद्यालयका विद्यार्थीहरु भ्रमणका लागि आइपुुगेका थिए ।

२३ सय वर्ष पुरानो इतिहास बोकेको यो सहर औद्योगिक सहरका रुपमा चर्चित छ । विश्व बजारमा पुुगेका धेरै मेसिनरी सामाग्रीहरु यहाँ बनेका छन् । चीन सरकारले यस सरमा उद्योग, प्रविधि, शिक्षा जस्ता क्षेत्रमा ठूलो लगानी गरेको छ ।

केही तस्वीरहरु हेर्नुहोस् :

 

Follow Up

सेञ्याङ घुमेर उत्साहित विदेशी पत्रकार

सेञ्याङ घुमेर उत्साहित विदेशी पत्रकार

रोवर्ट कि मान्छे ! चिन्नै मुश्किल (फोटो फिचरसहित)

रोवर्ट कि मान्छे ! चिन्नै मुश्किल (फोटो फिचरसहित)

डालियन सहर : अत्याधुनिक विकास, प्राकृतिक रुपमा पनि भरिपूर्ण

डालियन सहर : अत्याधुनिक विकास, प्राकृतिक रुपमा पनि भरिपूर्ण

फोरबाइडेन सिटी : चीनको सांस्कृतिक र ऐतिहासिक धरोहर

फोरबाइडेन सिटी : चीनको सांस्कृतिक र ऐतिहासिक धरोहर

विश्वको ध्यान खिचेको ‘फोकास’ले दिएको संदेश

विश्वको ध्यान खिचेको ‘फोकास’ले दिएको संदेश

यत्तिको रमाइलो पो जिदंगी…

यत्तिको रमाइलो पो जिदंगी…

काठमाडौं टू बेइजिङ

काठमाडौं टू बेइजिङ