पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.८ प्रतिशतले घट्यो

377
shares

काठमाडौं, १० असोज । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा कुल आन्तरिक कर्जा ०.८ प्रतिशतले घटेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा यस्तो कर्जा ७.७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ७.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १३.८ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा यस्तो दाबी १२.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ०.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.५ प्रतिशतले बढेको छ ।