लियोनिङ यात्रा : एक अविष्मरणीय पल

676
shares

हरेक मान्छेका लागि नयाँ ठाउँ अविष्मरणीय नै हुन्छन् । नयाँ यात्रा अविष्मरणीय प्राय हुन्छन्, तर सबै यात्रा रमाइला भने हुँदैनन् । कोही यात्रा यस्ता हुन्छन्, जुन यात्रा गरेकोमा आफैलाई पछुुतो लाग्छन् । केही यस्ता यात्राहरु हुन्छन्, जुन यात्रा सधैँ भइदिरहोस् भन्ने लाग्छ । अर्थात रमाइलोसँग वितेको यात्राहरु नटुुंगिउन जस्तै लाग्छ । मेरो हकमा पनि पछिल्लो यात्रा यति रमाइलो भयो कि, लाग्छ यो यात्रा अझै जारी रहिदिएको भए हुन्थ्यो । सोचिरहेको छु, यस्तो यात्रा गर्ने अवसरहरु फेरि फेरि पनि आइरहोस् ।

मैले यहाँ कुरा गर्न खोजेको लियोनिङ प्रदेश भ्रमणको हो । पछिल्लो हप्ता, मलाई लियोनिङ प्रान्तका दुई सुन्दर र महत्त्वपूर्ण सहरहरू—डालियन र सेञ्याङ भ्रमण गर्ने विशेष अवसर प्राप्त भयो । युरुो एशिया क्षेत्रका करिब २ दर्जन पत्रकारसहितको भ्रमणले यि दुुइ सहरमा झण्डै एक हप्ता केही घण्टामै सकिए जस्तै लाग्यो । यी सहरमा बिताएको प्रत्येक क्षण मेरो मनमा गहिरोसँग बसेको छ । बेइजिङ फर्किंदा म यो सहरले दिएको माया र स्मृतिहरू सँगै लिएर आएको छु, जुन जीवनभरका लागि अविस्मरणीय रहनेछन् ।

चाइना इन्टरनेसनल प्रेस कम्युनिकेसन सेन्टर (सिआईपीसी) ले आयोजना गरेको यस भ्रमण औपचारिक रुपमा मात्रै सिमित भएन । यो भ्रमणले मलाई केही सिक्ने, केही बुुझ्ने अवसर पनि दियो । अझ महत्वपूर्ण कुरा चाहिँ त्यहाँको सस्कृति, पहाडदेखि समुुन्द्रसम्मको यात्रा अनुुभव र समृद्ध चीनको विकास यात्राबारे थप बुुझ्न मद्दत समेत गर्यो । हाम्रो भ्रमणले ऐतिहासिक स्थलहरूदेखि लिएर अत्याधुनिक उद्योगहरूलाई समेटेको थियो, जसले हामीलाई यस क्षेत्रको सम्भावना र सौन्दर्यको पूर्ण अवलोकन गरायो ।

हाम्रो स्वागतमा स्थानीय सरकारले आयोजना गरेको डिनर, विभिन्न सरकारी तथा गैरसरकारी स्तरबाट भएका आतथ्यता र लियोनिङ विश्वविद्यालय अफ ट्रेडिसनल चाइनिज मेडिसिनमा विताएका रमाइला पलहरु साच्चिकै साच्चिकै अविष्मरणीय बनेका छन् ।
घुुमेका केही ठाउँहरुका बारेमा थोरै अनुभव उल्लेख गरेको छु ।

डालियन सहर

हाम्रो पहिलो गन्तव्य डालियन सहर थियो, जुन यसको सांस्कृतिक समृद्धि, आर्थिक महत्त्व र समुद्री दृश्यका लागि चर्चित छ । हामीले सबैभन्दा पहिला डालियनको दरवार स्क्वायरको भ्रमण गर्यौँ। ठूलो खुला ठाउँ, जसमा वर्ल्ड इकोनोमिक फोरम लेखिएको ठूलो ग्लोब, थरीथरीका समुद्री खाना परिकारहरू, समुद्रको पानीबाट बनाइएको सानो खोला, जहाँ साना डुंगाहरू तैरिरहेका थिए, र परम्परागत शैलीका भवनहरू, यी सबैले हाम्रो मन लोभ्यायो ।

हामीले भ्रमणका क्रममा हेरेको रोवर्टको प्रदर्शनीले पनि मेरो ध्यान खिच्यो । त्यहाँ राखिएका रोवर्टहरु हेरेर मेरा मनमा केही कुराहरु खेले, के भविष्यमा मान्छेले जागिर त यि रोवर्टले खोसिदिदैनन् । डालियन सहर र त्यहाँ भेटिएका रोवर्टबारे छुट्टाछुट्टै स्टोरी केटिएम भ्वाइसले यसअघि नै प्रकाशन गरिरहेको छ ।

समुद्रको किनारा र बन्दरगाह भ्रमण

हाम्रो अर्को गन्तव्य सहरको बन्दरगाह थियो, जुन शहरको आर्थिक केन्द्रबिन्दु मानिन्छ। यहाँबाट जहाजहरू ओहोरदोहोर गरिरहेको दृश्य अवलोकन गर्दा डालियनको अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण स्थान रहेको कुराको महत्त्व बुझ्न सकिन्थ्यो। त्यस्तै समुद्र किनारको दृश्यले मनमोहक वातावरण सिर्जना ग¥यो।

प्रविधिबारे बुझ्ने अवसर

हाम्रो भ्रमणका क्रममा हामीले प्रसिद्ध व्यावसायिक समूह बिगसान समूह/आइसबर्ग समूहका कार्यालयहरूको भ्रमण गर्यौँ । यी भ्रमणले चीनको व्यवसायिक संरचना र यस क्षेत्रमा भइरहेको नवप्रवर्तनको जानकारी दियो । यो समूहले उत्पादन र विकास गरेका प्रविधिहरु बारे बुझ्ने हामीले अवसर पायौँ ।

फ्री ट्रेड जोन र जिन्सितान पर्यटकीय स्थल

डालियनमा हाम्रो अर्को महत्त्वपूर्ण भ्रमण फ्री ट्रेड जोन र जिन्सितान राष्ट्रिय पर्यटकीय स्थलको थियो। फ्री ट्रेड जोनले चीनको खुला आर्थिक नीति र अन्तर्राष्ट्रिय व्यापारमा यसको भूमिका प्रतिविम्बित गर्छ। पर्यटकीय स्थलले यस क्षेत्रको प्राकृतिक सौन्दर्य प्रस्तुत ग¥यो, जहाँको दृश्य हेर्दा मनमा शान्ति र आनन्द प्राप्त भयो।

सेन नदीमा डुंगा सयर

यस यात्राको अर्को रमाइलो क्षण थियो सेन नदीमा डुंगा सयर । नदीको शान्त पानी र वरपरको प्राकृतिक सौन्दर्यले यो अनुभवलाई अझ विशेष बनायो । हामीले दुुइ तले डुंगाको छतमा बसेर नदिलाई नियाल्यौँ । त्यहाँबाट देखिएका नदि किनाराका सुन्दर दृश्यहरु, झलमल बत्तीले सजिएको पुुल, नजिकै देखिएका ठूलो सपिङ मल र अन्य मनमोहक दृश्यले साच्चिकै रमाइलो अनुुभव गरायो ।

विश्व प्रसिद्ध धान खेतीको अवलोकन

हाम्रो भ्रमणको अर्को रोचक पक्ष लियोनिङको सेञ्याङमा रहेको प्रसिद्ध धान खेतहरूको अवलोकन थियो । यी खेतहरू चीनको कृषिकला र नवप्रवर्तनको प्रतीक हुन्, जुन विश्वभरि नै चर्चित छन् । यसबारे केटिएम भ्वाइसले विस्तृतमा लेख नै लेखेको छ ।

सेञ्याङ दरवार संग्रहालय र सहर

डालियनबाट सेञ्याङको यात्रा गर्दा हामीले क्षेत्रको सांस्कृतिक र ऐतिहासिक पक्षलाई नजिकबाट नियाल्न अवसर पायौँ। हामीले राइस ड्रीम स्पेसको अवलोकन गर्यौँ, जसले चीनको कृषिकला र यसको इतिहासलाई जीवन्त बनाएको छ । त्यसपछि, सेञ्याङ दरवार संग्रहालयको भ्रमण गर्यौँ, जसले क्षेत्रको शाही इतिहासलाई झल्काउँछ ।

सेञ्याङको झोङजिये स्ट्रीट, जुन चीनको पुरानो व्यापारिक गल्लीहरूमा पर्दछ, निकै ब्यस्त र आकर्षक थियो । यो सडकले आधुनिकता र परम्परालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको थियो । त्यसपछि सेञ्याङ संग्रहालय भ्रमण ग¥यौँ, जहाँ यस सहरको समृद्ध इतिहास र पुरातात्त्विक महत्वको विषयमा थुप्रै जानकारी प्राप्त भयो ।

आतिथ्यताप्रति विशेष आभार

मैले यहाँ धन्यबाद भन्नै पर्छ, जसले हामीलाई मिठो आतिथ्यताले स्वागत गर्नुभयो । यदि मैले मेरा लागि लियोनिङ भ्रमणको सबैभन्दा महत्वपूर्ण पक्ष नै यहाँको अतुलनीय आतिथ्यता हो । स्थानीय सरकारी प्रतिनिधिहरूले हामीलाई गरेको सत्कार र डिनर होस्टको सौहार्दपूर्ण वातावरणले मन छोयो ।

म समूहको एकमात्र हिन्दू धर्मावलम्बी भएकोले खानपिनमा केही कठिनाइ आउला भनेर चिन्ता गरेको थिएँ, तर सबै व्यवस्थामा कुनै समस्या भएन । यो आतिथ्यता यहाँको मेहमाननवाजीको उत्कृष्ट उदाहरण हो । बेइजिङबाट हामीसँगै जानुभएका परराष्ट्र मामिलाका एक अधिकारी, सिआईपीसीसीका एक डाइरेक्टर र असिसटेनले भ्रमणलाई सुन्दर बनाउन निकै राम्रो भूमिका खेल्नुभयो, उहाँहरु धन्यबादको पात्र हुनुहुन्छ ।

विशेष रूपमा असिस्टेन्ट आमायाको व्यवस्थापन क्षमताको तारिफ नगरी रहन सक्दिन । उनी आफ्नो उमेरको तुलनामा निकै कुशल र व्यवस्थित थिइन् ।

पाँचौ अन्तर्राष्ट्रिय मेलामा

मेरो लागि व्यक्तिगत रूपमा सबैभन्दा रोमाञ्चक क्षण भनेको पाँचौँ चीन अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेलामा सहभागी हुने अवसर थियो । यस्तो प्रतिष्ठित कार्यक्रममा सहभागी हुनु मेरो लागि सम्मानको विषय थियो ।

कार्यक्रमको उद्घाटन शत्रमा विभिन्न मिडियाहरुको लोगो समेत मूख्य ब्यानरमा देखाइएको थियो । जहाँ म कार्यरत केटिएम भ्वाइसको लोगो मञ्चमा देख्दा अपार खुशीको अनुभव गरें । यसले हाम्रो राष्ट्रको मिडिया उद्योगले अन्तर्राष्ट्रिय पहिचान बनाएको संकेत पनि ग¥यो ।

मेरो भ्रमणका सम्बन्धमा मैले लेखेका छ वटा रिपोर्टहरू केटिएम भ्वाइसमा प्रकाशित भइसकेका छन् । साथै, मैले फेसबुकमा एक दर्जनभन्दा बढी पोस्टहरू सेयर गरेको छु, जसलाई हजारौँ नेपालीले हेरिसकेका छन् । यसले लियोनिङ प्रान्तप्रतिको चासो र लगावलाई अझ बढाएको छ ।

निष्कर्श र सुुझाव

अन्तमा, मेरो लियोनिङ प्रान्तको यात्रा एक अविस्मरणीय अनुभव रह्यो। डालियनको ब्यस्त गल्लीदेखि सेञ्याङको ऐतिहासिक सम्पदासम्म, यस क्षेत्रको विविधता, सम्भावना र आतिथ्यताले मलाई प्रभावित बनायो । यहाँको आतिथ्यता, मैले सिकेका पाठहरू र बनाएका स्मृतिहरू मेरो जीवनभर रहिरहनेछन् । यति लेखिसके पछि मैले भ्रमणका क्रममा देखे भेटेका केही कमी कमजोरी लेख्नै पर्छ । तर म यो भ्रमणमा यति डुुबेछुुकी यहाँको कुनै कमजोरी समेत मैले भेटिनँ । भ्रमण साच्चिकै रमाइलो थियो । यसमा मैले कुनै खोट लगाउन सक्ने हैसित राख्दिनँ ।

यद्यपि, एउटा कुरा चाहिँ भन्नै पर्छ । हामीले ५ दिनमा भ्रमण सकायौँ, यो अत्यन्तै कम समय हो । यो भ्रमणका लागि कम्तिमा १० दिनको समय भएको भए हामीले लियोनिङबारे थप धेरै बुुझ्ने अवसर पाउने थियौँ । भलै, ५ दिनको अवधिमा हामीले धेरै कुरा सिक्यौँ । उद्योग होस् या कृषि क्रान्ति सबै प्रकारका विकास हेर्नका लागि यो प्रदेश उपर्युक्त छ । यसकारण म भन्न चाहान्छुु, Liaoning : A complete Tourism City. ।

यसँग सम्बन्धित केही स्टोरीहरु पढ्नुहोस् :

डालियन सहर : अत्याधुनिक विकास, प्राकृतिक रुपमा पनि भरिपूर्ण

रोवर्ट कि मान्छे ! चिन्नै मुश्किल (फोटो फिचरसहित)

सेञ्याङ घुमेर उत्साहित विदेशी पत्रकार

सेञ्याङको कृषि क्रान्ति : कलात्मक धानखेति, गिनिज बुकमा रेकर्ड

चीनको सेञ्याङमा पाँचौ अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला