नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

234
shares

काठमाडौं, १३ असोज । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईतबारदेखि १९ हजार ९४५ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको छ ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र बिक्री खुला गर्दा वितरण हुन नसके पछि यी शेयर अन्य व्यक्ति तथा संस्थाहरुका लागि लिलामीमा ल्याएको हो ।

स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको यी शेयर प्रतिकित्ता १८५ रुपैयाँ मूल्य तोकेर बिक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज २० गते कार्यलय समयभित्र आवेदन पेश गर्नुपर्नेछ ।