आइएमई लाइफ इन्स्योरेन्सद्धारा कर्मचारी माग

247
shares

काठमाडौं, १५ असोज । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरेर कर्पोरेट सेल्स हेडमा कर्मचारी आवश्यक रहेको जनाएको छ ।

जसका लागि सम्बन्धित विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरी २ वर्ष कार्य अनुभव भएका तथा स्नातक तह उत्तिर्ण गरी ५ वर्ष कार्य अनुभव भएका, नेपाली र अग्रेजी भाषामा दक्षता भएका, कम्प्युटरको राम्रो ज्ञान भएकाले आवेदन दिन सक्नेछन् । ४० वर्ष ननाघेका नेपाली नागरिकले मात्रै उक्त पदमा आवेदन दिन सक्नेछन् ।