उच्च अंकले वृद्धि भएको शेयर बजार यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ असोज १५ मंगलवार १५:३५
260
shares
shares
काठमाडौं, १५ असोज । मंगलबार उच्च अंकले वृद्धि भएको शेयर बजार ११४.७० अंकले बढेर २,६२३ बिन्दुमा कायम भएको छ ।
यसदिन ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार हुदाँ सर्वाधिक कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ। उक्त कम्पनीको २८ करोड ८२ लाख कारोबार भएको हो ।
त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको २३ करोड ५१ लाख कारोबार भएको छ भने नेपाल फाइनान्सको २० करोड ७२ लाख कारोबार भएको छ ।
यसदिन सीईडीबी हाइड्रोपावरको १९ करोड ७२ लाख कारोबार भएको छ भने अपी पावर १८ करोड १० लाख कारोबार भएको छ ।