दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
वि.सं.२०८१ असोज १५ मंगलवार १७:१२
143
shares
shares
काठमाडौं, १५ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ भने अर्का एक पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए । उनलाई असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।