Nepal Life Banner

गोठकोयलपुर श्री कमेश्वरनाथ महादेव मन्दिरमा बोलबम मेला सुरु

663
shares

काठमाडौं, ५ कात्तिक । धनुषाको शहिदनगर नगरपालिका(९ गोठकोयलपुरस्थित श्री कमेश्वरनाथ महादेव मन्दिरमा आज सोमबारदेखि बोलबम मेला सुरु भएको छ ।

तीन दिन सम्म सञ्चालन हुने मेलामा करिब ३ हजार भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले जनाएको छ ।

तीन दिन लाग्ने मेलामा श्री कमेश्वरनाथ महादेव मन्दिरमा जल चढाउन तथा दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि मूल आयोजक समितिले सुरक्षा मन्दिरभित्र ३ हजार भन्दा बढी भक्तजनलाई ओतको व्यवस्था गरेको समितिका सल्लाहकार शम्भु मरिकले बताए ।

कमला नदीको हथमुनडास्थलबाट ल्याएको जल चढाउँदा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएकाले ३ हजार भक्तजनको आगमन हुने अपेक्षा गरिएको मरिकले बताए । मेलामा विशेषगरी पहेंलो लुगा लगाउने, खाली खुट्टा हिँडेर हथमुनडास्थित कमला नदिबाट जल ल्याएर शिव मन्दिरमा चढाउने गरिन्छ ।