जहाँ सिपिसी नेसनल कांग्रेसको पहिलो बैठक बसेको थियो
वि.सं.२०८१ कात्तिक १८ आइतवार ०७:५४
shares
शांघाईं, ३ नोभेम्बर । शांघाई भ्रमणको आज दोस्रो दिन । एशिया प्यासिफिक क्षेत्रका १५ देशका १७ पत्रकारहरु (नेपालबाट केटिएम भ्वाइसका सम्पादकसहित) शनिबार शांघाईं आइपुगेका थियौँ । पहिलो दिन संसारकै तेस्रो अग्लो र चीनको सबैभन्दा अग्लो भवनका रुपमा रहेको शांघाई टावर भ्रमण गरियो । आइतबारको पहिलो भ्रमण भने चिनियाँ कम्युनिष्ट पार्टीको एउटा इतिहास बोकेको भवन घुम्ने अवसर पाइयो ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) राष्ट्रिय कांग्रेसको पहिलो बैठक बसेको भवन अहिले पनि शांघाईमा छ । यो चीनको आधुनिक इतिहासमा महत्वपूर्ण स्थानको रूपमा चिनिन्छ । यो स्मारक भवन त्यस स्थानमा स्थापित छ जहाँ सन् १९२१ मा पहिलो पटक ‘सीपीसी’को पहिलो राष्ट्रिय काँग्रेसको बैठक सम्पन्न भएको थियो । चीन भ्रमण गर्ने विदेशी पर्यटकहरूको लागि यो एउटा आकर्षक र ऐतिहासिक रूपमा महत्वपूर्ण स्थान हो, जसले चीनको राजनीतिक इतिहासमा चासो राख्ने सबैलाई आकर्षित गर्दछ।
सन् १९५२ को सेप्टेम्बरमा, यस स्थललाई पुनःनिर्माण गरियो, र स्मारक हल स्थापना गरी सर्वसाधारणको लागि खुला गरियो। सन् १९६१ को मार्चमा, राज्य परिषदले यस स्थललाई राष्ट्रिय स्तरमा सुरक्षित प्रमुख ऐतिहासिक र सांस्कृतिक स्थलको रूपमा मान्यता दियो। नव–नवीकरण गरिएको पहिलो सीपीसी राष्ट्रिय कङ्ग्रेस स्मारक हल औपचारिक रूपमा सन् २०२१ को जुन ३ मा खोलियो ।
के छ भवनभित्र ?
सन् १९५२ मा पुर्ननिर्माण गरिएको यो स्मारक, चीनको इतिहास र राजनीतिक आन्दोलनको सम्झना हो । जसले कम्युनिस्ट आन्दोलनको उदय, समाजवादी विचारधारा र चीनको विकासको शुरुवातको कथा प्रस्तुत गर्छ। यहाँ पहिलो कङ्ग्रेसमा सहभागी भएका प्रतिनिधिहरू र उनीहरूको विचारधाराको प्रभावबारे जानकारी पाउन सकिन्छ । माओत्सेतुङ, तेंग स्याओपिङ र अन्य संस्थापक सदस्यहरूको योगदान, पार्टीको स्थापना, र यसले समग्र चिनियाँ समाजमा ल्याएको परिवर्तनलाई यहाँ ब्याख्या गरिएको छ ।
यस संग्रहालयमा कम्युनिस्ट पार्टीका संस्थापकहरू र तिनको प्रारम्भिक यात्रासँग सम्बन्धित विभिन्न कागजात, चित्र, मूर्तिहरू, र अन्य ऐतिहासिक सामग्रीहरू प्रदर्शन गरिएका छन् । यसको मुख्य उद्देश्य युवा पुस्तामा देशप्रेम र क्रान्तिकारी भावना जागृत गर्नु हो ।
विश्वकै ठूलो मिआओ वस्ती घुमेर हेर्दा
मियाओ गाउँको फोटो कथा, तस्वीरमै हेर्नुस् मिआओ कलासंस्कृति
१५ देशका १७ पत्रकार जब बेम्बो डान्समा रम्न थाले…
गुइजो पुगेर विदेशी पत्रकारले भने– घुम्नै पर्ने ठाउँ रहेछ
एशिया प्यासिफिकका पत्रकार र गुइजो प्रदेशका अधिकारीबीच छलफल
३० हजार बढी विद्यार्थी अध्ययनरत गुइजोका दुई विश्वविद्यालय
जसले विदेशी विद्यार्थीको समेत ध्यान खिचेको छ
थरीथरीका बाँदर : पाण्डादेखि बाघसम्म देख्दाको खुसी
चीनको सेञ्याङमा पाँचौ अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला
सेञ्याङको कृषि क्रान्ति : कलात्मक धानखेति, गिनिज बुकमा रेकर्ड
सेञ्याङ घुमेर उत्साहित विदेशी पत्रकार
रोवर्ट कि मान्छे ! चिन्नै मुश्किल (फोटो फिचरसहित)
डालियन सहर : अत्याधुनिक विकास, प्राकृतिक रुपमा पनि भरिपूर्ण
लियोनिङ यात्रा : एक अविष्मरणीय पल
फोरबाइडेन सिटी : चीनको सांस्कृतिक र ऐतिहासिक धरोहर
सिआन सहर : जहाँ गयो त्यतै रमाइलो
सिल्क रोड अन्तर्राष्ट्रिय कम्युनिकेसन फोरम भव्य रुपमा सम्पन्न
सिआनमा सम्पन्न भयो ‘सिल्क रोड मिडिया एक्सचेञ्ज एण्ड कर्पोरेसन डायलग’