चिनियाँ अन्तर्राष्ट्रिय एक्स्पोमा करिब आधा दर्जन देशका प्रधानमन्त्री सहभागी
वि.सं.२०८१ कात्तिक २० मंगलवार ०८:१२
shares
शांघाई, ५ नोभेम्बर । शांघाईमा सुुरु भएको सातौँ चीन आयात एक्सपोमा ७ देशका प्रधानमन्त्री सहभागी भएका छन् । एक्स्पोमा अन्य धेरै देशका मन्त्री तथा उच्च स्तरका नेताहरु सहभागी भए ।
मंगलबार शुरु भएको आयात एक्स्पो आगामी १० नोभेम्बरसम्म चल्नेछ । एक्स्पोमा चीनसहित ६ देशका प्रधानमन्त्री सहभागी छन् । अन्य धेरै देशका मन्त्री तथा उच्च तहका नेताहरु समेत सहभागी रहेका छन् ।
चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा मलेसियाका प्रधानमन्त्री अनवर बीन इब्राहिम, उज्वेकिस्तानी प्रधानमन्त्री अब्दुल्ला आरिपोभ, कजाकिस्तानी प्रधानमन्त्री ओर्जाक बेक्टेनोभ, मङगोलियाली प्रधानमन्त्री ओयुन अर्डेन र सर्बियाका प्रधानमन्त्री मिलोस भुचेभिच, स्लोभाकका उपप्रधानमन्त्री लगायतका विदेशी नेताहरू आयात एक्स्पोको उद्घाटन समारोहमा सहभागी भएका छन् ।