Nepal Life Banner

लघु व्यवसाय भनेको के हो ?

455
shares

काठमाडौं, २३ कात्तिक ।  केटिएम भ्वाइसको नियमित श्रङ्खला वित्तीय साक्षरतामा यो पटक श्रीङ्खलामा लघु व्यवसायका विषयमा चर्चा गर्दैछौँ ।

व्यवसाय भनेको आय आर्जनका लागि मानिसद्वारा गरिने आर्थिक क्रियाकलाप हो । व्यवसायीहरू आफ्नो जीविकोपार्जन गर्न आर्थिक क्रियाकलापहरूमा संलग्न रहेका हुन्छन् ।

व्यवसायीहरूले पूँजी लगानी गरी जोखिम वहन गरे बापत त्यसबाट सकेसम्म नाफा कमाउने उद्देश्य लिएका हुन्छन् । व्यवसाय भनेको मुनाफा कमाउने उद्देश्यले गरिने आर्थिक क्रियाकलाप हो ।

लघु व्यवसाय भनेको थोरै पूँजी वा उत्पादनका साधनहरूको थोरै प्रयोग गरी सानो स्तरमा गरिने व्यवसाय हो । यस्तो व्यवसाय सामान्यतः पारिवारिक रूपमा सञ्चालन गरिएको हुन्छ ।

लघु व्यवसायमा आधुनिक प्रविधिको प्रयोग कम गरिन्छ । लघु व्यवसायमा रोजगारीका अवसरहरू पनि कम सृजना हुन्छन् । ठूला उद्योग वा व्यवसायको तुलनामा लघु व्यवसायमा जोखिम पनि थोरै हुन्छ ।

लघु व्यवसायको देहाय अनुसारका विशेषता हुन्छन् :

थोरै पूँजी भए हुने

घरपरिवारले नै व्यवस्थापन गर्न सक्ने

सानो स्तरमा सुरुवात हुने र जोखिम कम हुने

साधारण पद्धति र औजारको प्रयोग हुने

स्वरोजगारी सिर्जना हुन सक्ने

आय आर्जन हुने

स्थानीय साधन तथा स्रोत उपयोगमा आउने ।