एटिएम कार्डमा अनधिकृत पहुँच हुन नदिउँ, प्रविधिको सहि उपयोग गरौँ
वि.सं.२०८१ कात्तिक २४ शनिवार ०६:००
shares
काठमाडौं, २४ कात्तिक । कार्ड कुनै मेसिनमा स्वाइप गर्न वा राख्नुपर्ने र पीन पनि हाल्नु नपर्ने टयाप मात्र गरे पुग्ने कन्टयाकलेस पेमेन्ट भनेको के हो ?
आजभोली बैंक तथा वित्तीय संस्थाले जारी प्रायजसो कार्डमा सानो चिह्न ))))) देख्न सकिन्छ । यी कार्डले नियर फिल्ड कम्युनीकेसन प्रणालीबाट कार्य गर्दछन् । यस्ता कार्डबाट पीन नहाली यस्तो चिह्न )))))) भएको पीओएस मेसिनमा छोएर (टयाप मात्र गरेर ) विनाझन्झट सहज तरिकाले गर्न सकिने भुत्तानी नै कन्टयाकलेस पेमेन्ट हो ।
यसलाई टयाप टु पे वा टयाप एण्ड पे पनि भन्ने गरिन्छ । हाल प्रतिकारोबार अधिकतम ५ हजारसम्म यसरी भुत्तानी गर्न सकिने व्यवस्था छ । यस्तो सीमा किन राखिएको हो ?
एनएफसी प्रविधिको प्रयोगले यस्तो भुत्तानी अत्यन्तै सहज भएको छ तर पीनविना नै कारोबार हुने भएकाले कार्डबाट हुनसक्ने अनधिकृत कारोबारको जोखिम न्युनीकरणको लागि यस्तो सीमा तोकिएको हो । यस्तो कार्डको दुरुपयोग रोक्न आफनो कार्ड आफैसँग सुरक्षित राख्नुपर्दछ ।
श्रोत : नेपाल राष्ट्र बैंक