Nepal Life Banner (End Date 5 Magh 2081)

गार्डियन माइक्रो लाइफको आईपीओ बिक्री खुला

793
shares

काठमाडौं, १९ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमीटेडको बुधबार ( मंसिर १९ गते )देखि आईपीओ बिक्री खुल्ला भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि जारी गरेको हो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

पहिलो चरणको आईपीओ खरिदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले आजदेखि पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा घटीमा १० कित्तादेखि बढीमा १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोडको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएकोमा १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले खरिद गर्न पाउनेछन्।

 वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।