Nepal Life Banner (End Date 5 Magh 2081)

विवाह पञ्चमीमा आएका श्रद्धालुहरु फर्किन थाले, जनकपुरधाम रेल्वे स्टेशनमा घुँइचो

299
shares

काठमाडौं, २२ मंसिर । साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवमा सहभागी हुन आएका श्रद्धालुहरु फर्किन थालेका छन् ।

विवाह पञ्चमी अन्तर्गत शुक्रवार राति जानकी मन्दिरमा भगवान श्रीराम र माता सीताको विवाह सम्पन्न भयो । विवाह समारोह हेर्नकै लागि राति बसेका लाखौं श्रद्धालुहरु आज फर्किन लागेका हुन् ।

विहानैदेखि जनकपुरधाम रेल्वे स्टेशनमा श्रद्धालुहरुको घुइँचो छ । खासगरी विवाह पञ्चमीमा आउने ६० प्रतिशत बढी श्रद्धालु भारतीय हुन्छन् । त्यसैले रेल्वे स्टेशनमा भारत फर्किने श्रद्धालुहरुको ठूलो भीड देख्न सकिन्छ ।

भारतीय श्रद्धालुहरुकै लक्षित गरेर जनकपुरधाम(जयनगर चल्ने रेल सेवाको समय तालिका खारेज गरिसकेको छ । विगत तीन दिनदेखि रेल दैनिक १० पटकसम्म आवतजावत गर्छ ।

विवाह पञ्चमीको अन्तिम दिन आज जानकी मन्दिरमा ‘रामकलेवा’ आयोजना गरिदैछ । भारतको अयोध्याबाट आएका जन्ती र साधुसन्तलाई ५६ व्यञ्जन खुवाएर दान दक्षिणासहित विदाई गरिन्छ । यो विधि ९रामकलेवा० सँगै विवाह पञ्चमी विधिवत सम्पन्न हुन्छ ।