Nepal Life Banner (End Date 5 Magh 2081)

सिद्धार्थ बैंकले गर्यो लाभांश घोषणा

533
shares

काठमाडौं, २३ मंसिर । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश दिने निणर्य गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ छ।

मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।