Nepal Life Banner (End Date 5 Magh 2081)

सुनचाँदीको मूल्यमा गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

364
shares

काठमाडौं,२३ मंसिर । स्थानीय बजारमा साताको पहिलो दिन पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ५० हजार १ सयमा कारोबार भएको सुनको मूल्य आईतबार ४ सयले घटेर तोलामा १ लाख ४९ हजार ७ सय रुपैयाँमा कायम भएको हो ।

त्यस्तै, आईतबार चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आईतबार घटेर १ हजार ८६५ रुपैयाँमा कायम भएको छ ।