GBIME

वडाध्यक्षको चुनाव लड्न पत्रकार महासंघबाट राजीनामा

1.18K
shares

काठमाडौं, १२ वैशाख । वडाध्यक्षमा चुनाव लड्नका लागि एक पत्रकारले नेपाल पत्रकार महासंघको प्रदेश पदाधिकारीबाट राजीनामा दिएका छन् । नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिका उपाध्यक्ष श्रीहरी थापाले वडाध्यक्षमा चुनाव लड्न पदबाट राजीनामा दिएका हुन् । महासंघको विधानलाई उच्च सम्मान गर्दै राजीनामा दिएर चुनावमा होमिएको थापाले बताए । उनी चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ का लागि नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

उनको राजीनामा स्वीकतिको तयारी गरिएको छ । महासंघका एसोसिएट प्रदेश समितिका महासचिव रोयल आचार्यले पनि राजीनामा दिएको पुष्टि गरे । उनले भने, ‘अध्यक्ष वैकुण्ठराज पराजुली समक्ष राजीनामा बुझाउनु भएको रहेछ, अब अध्यक्षज्यूले स्वीकृति गर्नुहुन्छ ।’ पत्रकार महासंघका सदस्यहरुले दलको राजनीति गर्न नपाइने व्यवस्था छ । महासंघले पनि दलको राजनीति गर्नेहरुलाई महासंघबाट राजीनामा दिन अनुरोध गर्दै आएको छ ।

Dhulikhel Eco Resort 1200*100