एनआइसी एशिया लघुवित्तको खुद नाफा २८१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

वि.सं.२०८१ माघ २० आइतवार ०८:५५
shares

काठमाडौं, २० माघ । एनआइसी एशिया लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८१.०१ प्रतिशत बढि हो ।
कम्पनीको खुद ब्याज आम्दानी भने १६.१८ प्रतिशतले घटेर ३३ करोड ४७ लाख १० हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी घट्दा पनि यसको इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा यसको खुद नाफा बढेको हो । यसअवधिमा ५ करोड ८९ लाख ३९ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्सल भएको छ ।
त्यसैगरी, कम्पनीको खराब कर्जा १३।३७ प्रतिशत छ । चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४८ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा छ ।