Mangaldeep Aagarbatti
GBIME

दोर्दीखोलाको आईपीओ स्थानीयका लागि खुल्यो

1.51K
shares

काठमाडौं, १३ वैशाख । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयहरुका लागि आईपीओ निष्काशन सुरु गरेको हो । कम्पनीले आज मंगलबारदेखि आईपीओ निष्काशन सुरु गरेको हो ।

यो आईपीओका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा बैशाख २७ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद जेठ ११ गतेसम्म लम्बिनेछ ।

National life Banner