Dhulikhel Eco Banner new

अप्पर सोलुको आईपीओ २२ गतेदेखि

4.94K
shares

काठमाडौं, १३ वैशाख । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आगामी २२ गतेदेखि आयोजन प्रभावित स्थानीयहरुका लागि आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयरमा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन ्। निष्काशन बन्द छिटोमा जेठ ५ गते हुनेछ भने ढिलोमा जेठ २० गतेसम्म हुनेछ ।