Dhulikhel Eco Banner new

सुनको मूल्य हालसम्मकै उच्च, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

468
shares

काठमाडौं, १७ चैत । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोलामा ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रवार तोलामा १ लाख ७६ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आइतवार ६ सयले बढेर प्रतितोला १ लाख ७६ हजार ८ सयमा कायम भएको हो ।

त्यस्तै, आइतवार चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । शुक्रवार तोलामा २ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १५ रुपैयाँले घटेर आइतवार तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भएको छ ।