Dhulikhel Eco Banner new

कुलमान र हितेन्द्रको रिट हेर्न नमिल्नेमा

949
shares

काठमाडौं,१७ चैत । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट हेर्न नमिल्नेमा परेको छ ।

दुवै रिटको पेसी सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा तोकिएको हो। शुक्रवार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले सरकारका सम्बन्धित निकायलाई आवश्यक कागजातसहित स्पष्ट लिखित जवाफ पेस गर्न निर्देशन समेत दिएको थियो ।