Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीको लगानीकर्ता बने मालामाल

2.13K
shares

काठमाडौं, १७ चैत । आइतवार शेयर बजारमा उच्च अंकले बढेको छ । शेयर बजार ३२.२४ अंकले बढेर २,६९६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ५६ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा जोशि डाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९७ प्रतिशतका दरले बढेको छ ।

यसदिन दोर्दी खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ६.९४ प्रतिशतका दरले कमाएका छन् भने कुमारी सबल योजनाका लगानीकर्ताले ६.३९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ६.२४ प्रतिशतका दरले कमाएका छन् भने गुराँस लघुवित्त वित्तीयका लगानीकर्ताले ६.१९ प्रतिशतका दरले कमाएका छन् ।