शेयर बजारमा ७ अर्ब ५६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

वि.सं.२०८१ चैत १७ आइतवार १५:१८
637
shares
shares

काठमाडौं, १७ चैत । शेयर बजारमा ७ अर्ब ५६ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ६९ करोड १९ लाख कारोबार भएको छ ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको ४७ करोड ८४ लाख कारोबार भएको छ भने
एनआरएन इन्फ्रास्ट्रक्चरको ३९ करोड ६८ लाख कारोबार भएको छ ।
त्यसैगरी, सीईडीबी होल्डिङ्सको २४ करोड १० लाख कारोबार भएको छ भने गार्डियन माइक्रो लाइफको १७ करोड ९४ लाख कारोबार भएको छ ।