Dhulikhel Eco Banner new

पत्रकार सुरेशको शरीरमा गोली भेटिएको भन्दै भ्रम फैलाइयो : नेपाली प्रहरी

910
shares

काठमाडौं, १७ चैत । गत शुक्रबार राजावादीको प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटियो भन्दै फैलाइएको समाचारको नेपाल प्रहरीले खण्डन गरेको छ ।

मृतकको पोष्टमार्टम प्रक्रिया नै प्रारम्भ नभइसकेको अवस्थामा “पत्रकार सुरेश रजकको पोष्टमार्टम रिपोर्टमा गोली लागेको भेटियो” भन्ने जस्ता भ्रामक समाचारहरू फैलाइएको उल्लेख गर्दै प्रशासनले आपत्ति जनाएको हो ।

यस घटनासम्बन्धी सूक्ष्म अनुसन्धान जारी रहेको र सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाउने व्यक्ति तथा संस्थाहरूमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरी प्रशासनले जनाएको छ।