Dhulikhel Eco Banner new

सोमवार इद पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

650
shares

काठमाडौं, १८ चैत । मुस्लिम समुदायको प्रमुख पर्व ईद उल फितर आज देशभर मनाइँदैछ।

एक महिना लामो रमजानको उपवास समाप्त भएपछि मनाइने यस पर्वमा विशेष नमाज, पारिवारिक जमघट तथा दान–दक्षिणा दिने परम्परा रहेको छ। मुस्लिम धर्मावलम्बीहरूले मस्जिदहरूमा विशेष प्रार्थना गरी आपसी मेलमिलाप र सद्भावका साथ यो पर्व मनाउँदैछन्।

सरकारले ईद उल फितरको अवसरमा सोमबार देशभर सार्वजनिक बिदा दिएको छ। यससँगै शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायत सरकारी कार्यालयहरू बन्द रहनेछन्।

इद–उल–फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन्। सोही अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।