निरन्तर नयाँ रेकर्ड बनाउदै सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८१ चैत १८ सोमवार १०:५३
546
shares
shares

काठमाडौं, १८ चैत । स्थानीय बजारमा सोमवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोलामा १ हजार १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
आइतवार तोलामा १ लाख ७६ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य सोमवार १ हजार १ सयले बढेर प्रतितोला १ लाख ७७ हजार ९ सयमा कायम भएको हो ।
त्यस्तै, सोमवार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आइतवार तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १० रुपैयाँले बढेर सोमवार तोलामा २ हजार ३५ रुपैयाँमा कारोबार भएको छ ।