Dhulikhel Eco Banner new

गरिमा विकास बैंकमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?

429
shares

काठमाडौं, १८ चैत । गरिमा विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले वालिङ, बेनी, कोहलपुर र नारायणगढ क्षेत्रमा रहेका शाखाहरूका लागि केही पदमा कर्मचारी माग गरेको हो। बैंकले प्रशिक्षार्थी सहायकदेखि लिएर सहायक तहका विभिन्न पदका लागि आवेदन खुला गरेको हो।

सहायक तह -जुनियर असिस्टेन्ट, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर)का लागि कम्तीमा १०ं२ पास (दोस्रो श्रेणी) गरेको र कम्तीमा दुई वर्ष बैंकिङ क्षेत्रमा काम गरेको हुनु पर्नेछ। प्रशिक्षार्थी सहायक पदका लागि न्यूनतम १०ं२ पास (दोस्रो श्रेणी) गरेको हुनु पर्नेछ।

स्नातक उत्तीर्ण, स्थानीय बासिन्दा र दुईप्राङ्ग्रे सवारी चालक अनुमति पत्र भएकाहरूले प्राथमिकता पाउनेछन्। योग्य तथा इच्छुक उम्मेदवारले चैत ३१ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।