Dhulikhel Eco Banner new

गोरखाली मार्ट र केटीएम बुक्सलाई वाणिज्य विभागले तिरायो जरिबाना

663
shares

काठमाडौं, १८ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाजिम्पाटस्थित एक स्टेसनरीलाई जरिबाना तिराएको छ ।

विभागले लाजिम्पाटको केटीएम बुक्स एन्ड स्टेसनरीजलाई २० हजार जरिबाना तिराएको हो । विभागले नियमित अनुगमन क्रममा आइतबार केटीएम बुक्स एन्ड स्टेसनरीलाई खरिद बिलबिजक नराखेको भन्दै जरिबाना गरेको हो ।

त्यसैगरी, काठमाडौं टोखा नगरपालिका–७ स्थित गोरखाली मार्टले पनि खरिद बिलबिजक नराखेको भेटिएपछि विभागले उसलाई ५ हजार जरिबाना तिराएको छ ।