दोर्दीखोला हाइड्रोपावरको हकप्रद शेयर खुल्यो

वि.सं.२०८१ चैत १९ मंगलवार १०:३०
shares

काठमाडौं, १९ चैत । दोर्दी खोला जलविद्युत कम्पनीले मंगलवारदेखि हकप्रद शेयर निष्कासन गरेको छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ छ । हकप्रद निष्कासनबाट त्यति नै पैसा संकलन गर्दैछ । सो पैसा दीर्घकालीन ऋण तिर्न प्रयोग गर्ने कम्पनीले जनाएको छ ।
चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म यस कम्पनीका शेयरधनीले अनलाइन प्रणाली मेरोशेयरमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । फागुन १४ गतेसम्म कायम शेयरधनीले मात्रै हकप्रद शेयरमा आवेदन दिन पाउने छन् । विभिन्न बैंकमा १ अर्ब ७४ करोड रुपैयाँ ऋण रहेको कम्पनीले जनाएको छ ।