Dhulikhel Eco Banner new

निरन्तर नयाँ रेकर्ड बनाउदै सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

572
shares

काठमाडौं, १९ चैत । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोलामा १ हजार ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमवार तोलामा १ लाख ७७ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य मंगलवार १ हजार ८ सयले बढेर प्रतितोला १ लाख ७९ हजार ७ सयमा कायम भएको हो ।

त्यस्तै, मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार तोलामा २ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार पनि सोहि मूल्यमा कायम भएको छ ।