Dhulikhel Eco Banner new

‘ग्राहक भनेका देवता हुन्, आएका गुनासा शतप्रशित समाधान भएका छन्’

1K
shares

रवी कुमार रौनियार सिटिजन्स बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन् । बैंकको अपरेसन हेरिरहेका रौनियार बैंकको गुनासो सुन्ने अधिकारीको जिम्बेवारीमा समेत रहेका छन् ।

डेढ दशक भन्दा लामो समयदेखि सिटिजन्स बैंकमा रहेका रौनियारको जिम्बेवारीमा बैंकको गुनासो सुन्नेसँगै सेन्ट्रल मनिटरिङ, अपरेसन, एलसी, कार्ड प्रिटिङ जस्ता विभिन्न १० वटा विभाग÷युनिट रहेका छन् । प्रस्तुत छ, बैंकका समसामायिक विषयमा सहायक सीईओ रौनियारसँग गरिएको कुराकानीको सम्पादित अंशः

बैंकको अपरेसन डिपार्टमेन्टको नेतृत्वको अलवा तपाई गुनासो सुन्ने अधिकारीको जिम्बेवारीमा समेत हुनुहुन्छ । बैंकका लागि चालु आर्थिक वर्षको ९ महिना अर्थात तेस्रो त्रैमाससम्मको यात्रा कस्तो रह्यो ?

समग्र बैंकिङ क्षेत्रमा केही असर परेको छ । यसलाई हामीले नकार्न सक्दैनौँ । मूख्य कुरो बैंक तथा वित्तीय संस्था भनेका सेवामूखी संस्थाहरु हुन् । हाम्रो पहिलो शर्त नै सहज सेवा हो । हामी हाम्रा ग्राहकहरुलाई देउवा सरह मानेर सेवा दिइरहेका छौँ । ग्राहकहरुलाई खुसी बनाएर सेवा दिइरहेका छौँ । यो अर्थमा तपाईले जुन थर्ड क्वार्टरसम्मको कुरा गर्नुभयो, यो अवधि विगतकै जस्तो भयो । ठिकै हिसाबमा चलिरहेको छ ।

अर्को कुरा म बैंकको गुनासो सुन्ने अधिकारीको जिम्बेवारीमा पनि भएकाले धेरै गुनासाहरु सुनेर हामीले समाधान पनि गरेका छौँ । कतिपय अवस्थामा हाम्रो नियामक निकाय नेपाल राष्ट्र बैंकबाट पनि केही कुरा आउछन्, हामीले त्यसलाई के कसो भएको भन्ने विषयमा जानकारी दिने र समाधान गर्नु पर्ने विषय भए सहज रुपमा समाधान समेत गर्ने गरेका छौँ ।

यता हाम्रा शाखा कार्यालयहरुबाट पनि गुनासाहरु आउछन् । ग्राहकका गुनासाहरु आउछन् । ग्राहकका गुनासोहरुको हामी सम्मान गर्छौ । कसरी हुन्छ समाधान गर्छौ । यो ९ महिनामात्रै होइन, हामी हरेक समय ग्राहकलाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ । ग्राहकको सेवा हाम्रो पहिलो प्राथमिकता हो ।

ग्राहकहरुबाट आउने के–कस्ता गुनासोहरुको सामना गरिरहनु भएको छ ?

गुनासाहरु धेरै किसिमका आउछन् । कतिपय गुनासाहरु सिरियस, गुनासो गर्नै पर्ने खालमा पनि हुन्छन् भने कतिपय गुनासाहरु नगर्न पर्ने खालका पनि आउछन् । आएका गुनासाहरु जे जस्ता भए पनि हामीले कसरी समाधान गर्ने भन्ने सोच्छौ । सबै गुनासाहरु हामी समाधान नै गर्छौ ।

सिटिजन्स बैंकको प्राथमिकतामा कस्ता ग्राहकरु पर्छन् ? खाता खोल्न आउने कि ऋण लिन आउने ?

मैले सुरुमै पनि भनिसकेँ, हामी सेवा दिने संस्था हौँ । हाम्रो मूख्य प्राथमिकता भनेको नै सेवा हो । सिटिजन्स बैैंकले खाता खोल्न आउने हुन् या ऋण लिन आउने दुबैलाई उत्तिकै सम्मान गर्छौ । हाम्रो प्राथमिकतामा सबै ग्राहकहरु हुनुहुन्छ । हाम्रा लागि सबै ग्राहकहरु देउवा नै हुन् ।

अन्य बैंकहरुको तुलनामा सिटिजन्स बैंकबाट सेवा लिन कत्तिको सहज छ ?

एकदमै सहज छ । यो कुरा म दावीका साथ भन्न सक्छु । ऋण लिन, खाता खोल्न होस् या अन्य बैंकिङ सेवा दिनका लागि होस् हामी ग्राहकलाई खुसी बनाएर सेवा दिन्छौँ ।

कतिपय बैंक तथा वित्तीय संस्थाहरुले ऋण लिनेलाई ढिलासुस्ती गरेको भनेर गुनासाहरु पनि कहिलेकाही सुन्ने गरेका छौँ । ऋण लिनका लागि सिटिजन्स बैंकमा कति समय कुर्नु पर्छ ?

ऋण लिन यति नै समय लाग्छ भन्ने हुँदैन । बैंकको तर्फबाट हामी कुनै पनि ढिलासुस्ती गर्दैर्नौ । मूख्य कुरा भनेको ऋणीले गर्नु पर्ने कामहरु हुन्छ । आवश्यक प्रक्रियाहरु पुर्याउनु पर्छ । कागजातहरु सबै तयार पार्नु पर्छ । सबै प्रक्रिया पुगेको ३ दिनभित्रै हामीले ऋण दिन्छौँ ।

खाता खोल्नका लागि चाहिँ कत्तिको सहज छ ?

खाता खोल्नेका हिसाबले त झन धेरै नै सहज छ । खाता खोल्ने हाम्रो सेन्ट्रल सिस्टम छ । शाखामा कागजात आउने वित्तिकै यहाँ केन्द्रमा फरवार्ड हुन्छ । सेन्ट्रलले केही घण्टाभित्रै खाता खोलिसक्छ ।

यतिमात्रै होइन, हामीले ‘क्विक अकाउन्ट’ भन्ने सेवा पनि ल्याएका छौँ । काउन्टरमा कागजात दिने वित्तिकै हामी तत्कालै खाता नम्बर उपलब्ध गराउन पनि सक्छौँ । यो अर्थमा हाम्रो सम्पूर्ण बैंकिङ सेवा लिन सहज छ ।

सिटिजन्स बैंकको कल सेन्टरका बारेमा पनि बताइदिनोस् न । सेन्टरबाट केके सुविधा उपलब्ध हुन्छन् ?

हाम्रो कल सेन्टर २४सैँ घण्टा खुला रहन्छ । कलसेन्टरबाट हामीले रात होस् दिउसो जुनसुकै समयमा पनि सर्भिस दिइरहेका हुन्छौँ । राति १ बजे फोन गरेर पनि केही भए भन्न सक्नु हुन्छ ।

कहिलेकाही खाता ब्लक गर्नुपर्ने हुन्छ । यस्तो काम कार्यालय समयमै गर्दा ढिला हुनसक्छ, त्यो काम सेन्टरबाटै हुन्छ । कार्ड हरायो भने खाता ब्लक गर्नु पर्ने हुन्छ । तपाईले डिटेल दिनु भयो भने लिमिटेड सर्भिस हामी उपलब्ध गराउछौँ ।

अन्तमा, केटिएम भ्वाइसमार्फत ग्राहकलाई केही भन्नुपर्ने छ कि !

हामी सदैव नियमकानूनको पालना गर्छौँ । नियामक निकाय नेपाल राष्ट्र बैंकका हरेक निर्देशनहरुको पनि पालना गर्छौ । कम्प्लायन्सका हिसाबले सिटिजन्स राम्रो छ भनेर राष्ट्र बैंकले पनि भनेको छ ।

नीति नियममा रहेर कसरी हुन्छ ग्राहकलाई धेरै भन्दा धेरै सहज तरिकाले सुविधा दिन्छौँ । सिटिजन्स बैंकलाई माया गरिरहनु भएको छ, सबैले माया गरिदिनोस्, यहीँ भन्न चाहान्छु ।

Follow Up

सिटिजन्स स्मार्ट सेवा : अब बैंकसम्मै पुग्नुपर्ने बाध्यता छैन

सिटिजन्स स्मार्ट सेवा : अब बैंकसम्मै पुग्नुपर्ने बाध्यता छैन

‘सिटिजन्स बैंक ग्राहकमैत्री छ, खाता खोल्नेले धेरै सुविधा पाउनु हुन्छ’

‘सिटिजन्स बैंक ग्राहकमैत्री छ, खाता खोल्नेले धेरै सुविधा पाउनु हुन्छ’

सिटिजन्स फोनपे क्रेडिट कार्ड : के गर्छ ? अरु भन्दा के फरक छ ?

सिटिजन्स फोनपे क्रेडिट कार्ड : के गर्छ ? अरु भन्दा के फरक छ ?