Dhulikhel Eco Banner new

पत्रकार न्यौपानेलाई रु एक लाख सहयोग

3.56K
shares

काठमाडौँ, १३ वैशाख । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था (इन्जा) ले त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोराशिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रिय समाचार समिति (रासस) का उपप्रमुख समाचारदाता नारायण न्यौपानेलाई रु एक लाख सहयोग गरेको छ ।

इन्जा एसियाका उपाध्यक्षसमेत रहेका पत्रकार न्यौपानेलाई उक्त रकम इन्जा ग्लोबलका सचिव दीपक रिजालले आज हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गत बुधबार भर्ना भएका पत्रकार न्यौपानेको मुटुको शल्यक्रिया गरिएको थियो । इन्जाले विपद्मा परेका पत्रकारहरुलाई निरन्तर सहयोग गर्दै आएको इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले बताए ।