Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

468
shares

काठमाडौं, १५ वैशाख । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १४.५८ अंकले घटेर २,६४७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब ९१ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.९३ प्रतिशतका दरले गुमाएका छन् ।