शेयर बजार १३६ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

वि.सं.२०८२ वैशाख १७ बुधवार १५:३५
shares

काठमाडौं, १७ वैशाख । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.१४ अंकले घटेर २,६२३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब ३७ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।
यसदिन कर्पोरेट विकास बैंकका लगानीकर्ताले ५.७६ प्रतिशतका दरले गुमाएका छन् भने तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३.७७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी लक्ष्मी लघुवित्तका लगानीकर्ताले ३.३८ प्रतिशतका दरले गुमाएका छन् भने सप्तकोशी विकास बैंकका ३.०५ प्रतिशतका दरले गुमाएका छन् ।